शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • नेपालले दियो नेदरल्याण्ड्सलाई २३९ रनको लक्ष्य
Uncategorized

नेपालले दियो नेदरल्याण्ड्सलाई २३९ रनको लक्ष्य

निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन

दुई कुशल (कुशल भुर्तेल र कुशल मल्ल) र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेदरल्याण्ड्सलाई २३९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनायो । यो टी–२० अन्तर्राष्ट्रियमा नेपालको उच्च स्कोर हो । यसअघि नेपालले यही सिरिजमा दुई पटक २०० रन कटाएको थियो भने १३औं सागमा भुटानविरुद्ध २३६ रन बनाएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए । ५५ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले अविजित ५० रन बनाउँदा उपकप्तान दीपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहे । कुशल र दीपेन्द्रले चौथो विकेटका लागि अविजित ७७ रनको साझेदारी गरे । २० बलमा ५० बल बनाएका कुलशको टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो अर्धशक हो । १८ बलमा ४८ रन बनाएका दीपेन्द्र भने अर्धशतक बनाउन दुई रनले चुके ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार