बैशाख १, काठमाडौँ | लकडाउनमा बसेका मजदुर र बिपन्न वर्गहरुलाई नबिन पाण्डेको नेतृत्वमा र स्थानीय व्यक्तिहरुको पहलमा रकम संकलन गरेर काठमाडौँ महानगरपालिका वडा नं ४ धुम्बराहीमा १५० जनालाई धुम्ब्रबराही स्कुलको प्राङ्गणमा खाधान्न सामग्री वितरण गरिएको छ |
राहत वितरण कार्यक्रममा धुम्ब्रबराही युवा क्लबको सहयोग थियो भने सम्बन्धित वडा संग पनि समन्वयन गरिएको थियो | वडा कर्यलयबाट टोकन लिएर आउने र त्यहाबाट राहत लिएर जानी ब्यबस्था रहेको थियो | तर निम्न वर्ग, बिरामी हरुलाई भने सिधै राहत दिइएको थियो | उक्त राहत २ जना क्यान्सर पीडितले समेत लगेका थिए |
राहतमा १० केजी चामल, दाल, साबन, नुन, तेल, चिउरा इत्यादि सामग्री वितरण गरेको थियो |
नबिन पाण्डेको टिमले भोलिको दिनमा अन्य ठाउमा समेत राहत बाढ्ने कार्येक्रम रहेको जुनेली न्युजलाई बताए |
फेसबुक प्रतिक्रियाहरु