वसन्तपुरमा रहेको ऐतिहासिक गद्दी बैठक आज मङ्गलवारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । आज एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठक उद्घाटन गरेका हुन। २०७२ वैशाखको भूकम्पले क्षति पुर्याएको गद्दी बैठकलाई अमेरिकाको ुएम्बासडर्स फन्ड फर कल्चरल प्रिजर्भेसनु अन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोष मिलेर जीर्णोद्धार […]