काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई नेकपा माओवादी केन्द्रले विश्वासको मत नदिने भएको छ। माओवादीको प्रदेश संसदीय दलको बैठकले नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहलाई विश्वासको मत नदिन निर्णय गरेको हो। नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टले यथास्थितीमा विश्वासको मत दिने अवस्थामा हामी छैनौँ, लिखित प्रतिबद्धता नभएसम्म अहिलेका मुख्यमन्त्रीलाई विश्वासको मत दिन […]