शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • उत्कृष्ट महिला खेलाडीको अवार्ड अरुणालाई
समाचार

उत्कृष्ट महिला खेलाडीको अवार्ड अरुणालाई

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् । मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ० ले काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरेर शाहीलाई वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड दिएको हो ।

अरुणाको कप्तानीमा नेपालले लगातार दोस्रो पटक एभीसी एसियन सेन्ट्रल जोनको उपाधि जितेको थियो । उनी यस प्रतियोगितामा ‘बेस्ट सेटर’  चुनिएकी थिइन् । अवार्ड जित्ने क्रममा अरुणाले क्रिकेटकी रुबिना क्षेत्री, सीता राना मगर, पुष्पा भण्डारी र वपुनम रावललाई पछि पारिन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार