काठमाडौं । राजनीतिक दल र उम्मेदवारले भोलि बिहीवारदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका छन् । आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलिदेखी मङ्सिर २ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न पाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । उनले प्रचारप्रसारको यो अवस्थामा चुनावको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई आग्रह पनि गरेका छन् । […]