शुक्रबार, माघ ३, २०८२
  • होमपेज
  • BREAKING: गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय
Breaking News

BREAKING: गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो । पुस २७ देखि ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले थापालाई सभापति निर्वाचित गरेको थियो । विशेष महाधिवेशनबाट भएको निर्णय अनुसार विवरण अद्यावधिक गर्न सभापति थापासहितका पदाधिकारीले बिहीबार आयोगमा निवेदन दिएका थिए ।

पूर्णबहादुर खड्का पक्षका नेताहरूले शुक्रबार बिहान आयोगमा निवेदन दिँदै आफूहरू आधिकारिक भएको दाबी गरेका थिए । त्यसपछि आयोगले नवनिर्वाचित पदाधिकारीहरूलाई आयोगमा बोलाएको थियो । कांग्रेसका दुवै पक्षको दाबीपछि आयोगले गगन पक्षलाई आधिकारिक कांग्रेसको मान्यता दिएको हो । गगन पक्षले मान्यता पाएपछि अब चुनाव चिह्न रुख र चारतारे झण्डा पनि उनीहरूकै हुने भएको छ ।​

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार