मङ्लबार, मंसिर ३, २०८२
  • होमपेज
  • नयाँ बानेश्वर व्यापार व्यवसायी संघको अध्यक्षमा शाक्यको उम्मेदवारी
कर्पोरेट

नयाँ बानेश्वर व्यापार व्यवसायी संघको अध्यक्षमा शाक्यको उम्मेदवारी

काठमाडौं । नयाँ बानेश्वर व्यापार व्यवसायी संघको अध्यक्षका लागि रमेशमान शाक्यले उम्मेदवारी घोषणा गरेका छन् । मंसिर २७ गते हुने संघको १६ वार्षिक साधारणसभा एवं ८औं अधिवेशनमार्फत निर्वाचित हुने गरी शाक्यले उम्मेदवारी घोषणा गरेका हुन् ।

उनलाई संघका अधिकांश पदाधिकारी एवं कार्यकारिणी सदस्यले सर्वसम्मत रुपमा नेतृत्वका लागि अघि बढाएका छन् । हाल नयाँ बानेश्वर व्यापार व्यवसायी संघको नेतृत्व सफल व्यवसायी नवीन लुइँटेलले गरिरहेका छन् ।

सुनचाँदी व्यवसायी शाक्यले संघका विभिन्न पदमा आठ वर्ष जिम्मेवारी पुरा गरिसकेका छन् । उनी २०७० देखि २०७४ सम्म दुई कार्यकाल कार्यकारिणी सदस्यको भूमिकामा थिए भने २०७४ देखि २०७८ सम्म दुई कार्यकाल कोषाध्यक्ष रहे । २०७८ यता भने उनी कार्यसमितिबाहिरै रहेर संघका गतिविधिमा सक्रिय छन् ।

कार्यसमिति बाहिर रहेर पनि शाक्यले संघले आयोजना गर्ने कर शिक्षा एवं विभिन्न सामाजिक कार्यक्रमका साथै सदस्यहरुको हकहितका लागि अग्रपंक्तिमा रहेर आवाज उठाउने गरेका छन् । उनी २०८० देखि काठमाडौं सुनचाँदी व्यवसायी संघको कोषाध्यक्ष छन् ।

उनी २०७७ सालमा काठमाडौं सुनचाँदी व्यवसायी संघको जनसम्पर्क अधिकारी बनेका थिए । त्यसअघि २०६३ सालमा उनी नेपाल सुनचाँदी व्यवसायी संघको कार्यकारिणी सदस्य निर्वाचित भएका थिए ।

शाक्य सन् २००६ को गोदावरी जेसिस अध्यक्ष हुन् भने सन् २००७ को नेपाल जेसिस राष्ट्रिय उपाध्यक्ष हुन् । त्यस्तै उनी नेपाल क्षयरोग निवारण संस्था ललितपुर शाखाका आजीवन सदस्य हुन् । नेपाल प्रफिटबाट

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै