बिहिबार, अशोज २, २०८२
  • होमपेज
  • प्रहरीका ४८ जना एसपीको सरुवा, १४ जिल्लाका इन्चार्ज परिर्वतन
Breaking News

प्रहरीका ४८ जना एसपीको सरुवा, १४ जिल्लाका इन्चार्ज परिर्वतन

काठमाडौं । नेपाल प्रहरीका ४८ जना एसपीहरूको सरुवा गरिएको छ । आईजीपी चन्द्रकुवेर खापुङले एसपी सरुवाको निर्णय गरेका हुन् । जसअनुसार १४ जिल्लाका प्रहरी प्रमुखहरू परिवर्तन भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा अंगुर जिसीलाई पठाइएको छ । उनी काठमाडौँ जिल्ला अपराध अनुसन्धान कार्यालय, अपराध अनुसन्धान शाखामा थिए । यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख अपिलराज बोहराको पनि सरुवा भएको छ । उनलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्साल सरुवा गरिएको छ ।

त्यस्तै मोरङमा कवित कटुवाल, सुनसरीमा केवश थेवे, सप्तरीमा गौतम कुमार केसी, दाङमा दिपक श्रेष्ठ, पाल्पामा दिपेन्द्र पञ्जियार थारु, कास्कीमा नविन कार्की र कैलालीमा नरेन्द्र चन्दलाई पठाइएको छ । नरेन्द्र चन्द र गौतम कुमार केसीलाई यसअघि गरिएको काज सरुवालाई प्रधान कार्यालयले निरन्तरता दिएको हो ।

डोटीमा महेन्द्र नेपाललाई पठाइएको छ । पूर्वीनवलपरासीमा युवराज खड्का, पर्सामा सुदिप पाठक र भक्तपुरमा सूर्य बहादुर खड्कालाई पठाइएको छ । सुवासचन्द्र बोहरालाई मकवानपुरमा सरुवा गरिएको छ । प्रहरी महानिरीक्षकको भदौ ३१ को निर्णयअनुसार यो सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै