मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • बयालपाटा अस्पतालमा डा. मन्दिप पाठक सहित ३४ जनालाई सम्मान
समाचार

बयालपाटा अस्पतालमा डा. मन्दिप पाठक सहित ३४ जनालाई सम्मान

अछाम । जिल्लाका साँफेबगरमा रहेको बयालपाटा अस्पतालमा कार्यरत डा. मन्दिप पाठक सहित ३३ जनालाई सम्मान गरिएको छ । बुधबार एक कार्यक्रमका बिच डाक्टर पाठकक सहित अस्पतालमा कार्यरत ३३ जना कर्मचारीहरु लाई सम्मान गरिएको हो ।

डा. पाठकले बिगत एक दशक देखि बयालपाटाा अस्पतालको नेतृत्व गर्दै दुर्गम क्षेत्रमा स्वास्थ्य उपचार सेवा प्रदान गरेको भन्दै सम्मान गरिएको अस्पतालले जनाएको छ । ग्रामिण समुदायमा गुणस्तरिय स्वास्थ्य सेवा पुर्याउने न्याय हेल्थ नेपालले लिएको लक्ष्य पुरा गर्न अटल समर्पण र उत्कृष्ट सेवाको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो ।

यस्तै अन्य ३३ जना कर्मचारीहरुलाई समेत न्याय हेल्थ नेपालद्धारा सञ्चालित बयालपाटा अस्पताल र सामुदायिक स्वास्थ्य कार्यक्रममा अनवरत रुपमा बिगत एक दशक देखि कार्यरत रहि पुर्याएको उमुल्य योगदानको उच्च मुल्यांकन गर्दै कदर पत्र प्रदान गरिएको छ ।

नागरिकको स्वास्थ्य उपचार सेवा सुनिश्चत गर्न क्रियाशिल संस्थामा १० बर्ष पुरा गरेको भन्दै उनिहरुलाई सम्मान गरिएको हो । सम्मानित हुने सबैलाई अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुवँर र जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँरले खादा र कदर पत्र प्रदान गरेका थिए ।

बुधबार भएको सामाजिक परिक्षण कार्यक्रमको अवसरमा उनिहरुलाई सम्मान गरिएको थियोे ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै