बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • विपद् जोखिम टरेको छैन, सतर्कता अपनाऔँ
Breaking News

विपद् जोखिम टरेको छैन, सतर्कता अपनाऔँ

मौसम पूर्वानुमान महाशाखाले हरेक तीन दिनमा मौसमको बुलेटिन दिन्छ । जसमा देशभरको मौसमका गतिविधिहरु तीन दिनसम्म कुन ठाउँमा बाढी पहिरो वर्षालगायतका सम्भावना बढी छन् ? कुन ठाउँमा कम जोखिम छ भन्ने जानकारी दिइन्छ । साता दिन अगाडिबाटै सार्वजनिक हुने विपद् जोखिमको तयारीमा जुट्नुपर्ने हुन्छ ।

तर, बझाङमा भने तयारी त परकै कुरा विपद् बुलेटिनबारे समेत जानकारी लिएको हुँदैन । सडक अवरुद्ध भइरहन्छन् । स्थानीय सरकारसँग भएका साधनहरु प्रयोग गर्न प्रशासनले हारगुहार गर्नुपर्छ । आफ्नो क्षेत्रमा भएको अवरोध हटाउन कहिलेकाँही त साता दिननै कुर्नुपर्ने हुन्छ । हिमाली जिल्ला त्यसैमा सबै कुराको अभाव भइरहने ठाउँमा दुई दिन निरन्तर झरी परेमा सामान्य आवश्यकताबाट बञ्चित हुनुपर्छ ।

जनताका सुविधाका लागि रातदिन खट्ने भन्ने जनप्रतिनिधि अहिले विपद्जन्य कुरामा निकै वेवास्ता गरेजस्तै देखिएका छन् । शुक्रबारदेखि आइरहेको सुगाला नजिकैको पहिरो नजिकै सवारी साधान झुम्मिएका देखिन्छन् । तर, त्यो खुलाउन, वैकल्पिक उपाय अपनाउन कसैले चासो देखाएका छैनन् । यसका लागि जनप्रतिनिधि, प्रहरी, प्रशासन, रेडक्रसलगायतका निकायले समन्वय गरेर सतर्क हुनुपर्दछ ।

सडक खुलाउन एउटाको जेसीबीले अर्को ठाउँमा जान मान्दैन । अर्कोले फेरि आफ्नो पालिका बाहिर जान नमानेपछि यसको असर सबैले पाउँछन् । सबै नागरिकलाई सुविधा दिनु राज्यका सबै निकायको कर्तव्य हुन्छ । विपद्मा सञ्चार अति आवश्यक हुन्छ । तर, सञ्चार नै अवरुद्ध हुनु नेपाल टेलिकमको पनि कमजोरी देखिनु हो । त्यसमा सम्बन्धित निकायले आफ्नो तर्फबाट काम गर्नुपर्छ । सम्भावित जोखिमलाई टार्नका लागि पनि काम गरेमा सबै निकाय लागि पर्नु अति आवश्यक छ ।

अझ पनि विपदको जोखिम घटेको छैन । जुनसुकै बेलामा पनि विपद्को सामना गर्नुपर्ने हुन सक्छ । त्यसका लागि अहिले नै स्थानीय सरकारदेखि सुरक्षा निकाय, प्रशासनले समन्वय गरेर कर्तव्य निर्वाह गर्दा जनतालाई समयमै राहत पुग्ला ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार