शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • हाइड्रोपावरको सामान बोकेको जीप सेतीमा खस्यो
Breaking News

हाइड्रोपावरको सामान बोकेको जीप सेतीमा खस्यो

बझाङ । तल्कोट गाउँपालिका–१ भाटगाउँमा जीप दुर्घटना भएको छ । मंगलबार अपराह्नतिर सदरमुकाम चैनपुरबाट हाइड्रोपावरको तेल बोकेर गएको जीप सडकबाट सेती नदीमा खसेको हो ।

प्रहरी निरीक्षक रमेशदत्त अवस्थी अनुसार जीप दुर्घटना भएको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक जनक ढुंगानाको टोली घटनास्थलतर्फ गएको छ । ‘जीपमा एक जना मात्रै चालक थिए भन्ने छ,’ अवस्थीले भने, ‘चालकले हाम फालेर ज्यान जोगाएको र जीप सडकबाट करिब दुई सय मिटर तल नदीमा खसेको जानकारी आएको छ ।’ घटनास्थलमा प्रहरी चौकी तलकोटको सहित टोली आइरहेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार