बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • एसईई नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा
Breaking News

एसईई नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल (नतिजा) प्रकाशन भएको छ । परीक्षा बोर्डको बिहीबार बसेको बैठकको निर्णयानुसार नतिजा ४ बजे सार्वजनिक गरेको बोर्डले जनाएको छ ।

बोर्डले २०७९ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा बेवसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन भएको जनाएको छ । बोर्डका अनुसार बेवसाइट, एसएमएस र आईभीआरमार्फत् आफ्नो नतिजा हेर्न सकिने जनाएको छ ।

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा पनि नतिजा हेर्न सक्ने व्यबस्था गरिएको छ ।

एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजा हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार