बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • नेपाल खुल्ला एमेच्यौर गल्फ प्रतियोगिता तयारी पूरा
समाचार

नेपाल खुल्ला एमेच्यौर गल्फ प्रतियोगिता तयारी पूरा

काठामाडौँ । नेपाल खुल्ला एमेच्यौर गल्फ प्रतियोगिता तयारी पूरा भएको छ । नेपाल गल्फ संघले आयोजना गरेको प्रतियोगिता काठमाडौँको गोकर्ण फरेस्ट गल्फ रिसोटमा आगामी मे २९, ३०, ३१ तारिखमा हुने भएको हो ।

खेलमा नेपालसहित पाकिस्तान, बङ्गलादेश, भुटान र भारतको सहभागिता रहने जनाइएको छ । कुल ५ देशका ४५ भन्दा बढी खेलाडीको सहभागिता रहने खेलमा सबै देशका खेलाडी नेपाल आइसकेको पत्रकार सम्मेलनमार्फत् आयोजकले जानकारी दिएको छ ।

सबै देशका उच्च रेङ्कमा रहेका खेलाडीहरुको सहभागी भएको प्रतियोगिता भए पनि नेपालले मेडल ल्याउनेमा विश्वस्त भएको प्रतियोगिताका निर्देशक दीपक आचार्यले बताए । उनका अनुसार यस अघिका खेलमा नेपाललाई मेडल दिलाउन सफल नेपाली खेलाडी सुवास तामाङ्ग र सद्भभाव आचार्यले नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएकोले मेडमा ढुक्क रहेको उनले बताए ।

नेपाल गल्फ संघले आयोजना गर्ने प्रतियोगितामा सह–आयोजकका रूपमा नेपाल टुरिजम बोर्ड, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश, गोकर्ण फरेष्ट गल्फ रिसोट र रोयल सिंगी होटल रहेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले गल्फ खेललाई टुरिजमका रूपमा विकास गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने उद्देश्यले यस्ता आयोजनाहरु गरिएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार