बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • पार्टीसँग मदन राईको कुनै सम्बन्ध छैन : राष्ट्रिय स्वतन्त्र पार्टी
Breaking News

पार्टीसँग मदन राईको कुनै सम्बन्ध छैन : राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मदन राईसँग पार्टीको कुनै किसिमको सम्बन्ध नभएको बताएको छ । शुक्रबार साँझ रास्पवाले एक विज्ञप्ति जारी गर्दै राईले किशोर किशोरीमाथि गरेको दुर्व्यवहार निन्दनीय भएको पनि बताएको छ । उनलाई कानुनबमोजिम कारबाही हुनुपर्छ भन्नेमा रास्वपा स्पष्ट भएको पनि पार्टीका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीसँग कृषि विज्ञ मदन राईको सम्बन्धका बारेमा आएका प्रश्न र प्रतिक्रियाहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टीले भदौ ११, २०७९ मा खुलामञ्चमा गरेको उपत्यका भेलामा उहाँलाई अतिथि वक्ताका रूपमा स्थान दिइएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहेका राईलाई अध्ययन र अनुभवले कृषि विज्ञका रूपमा निम्ता गरिनु तत्कालीन अवस्थामा अस्वाभाविक थिएन । सो कार्यक्रमपश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीसँग मदन राईको कुनै पनि किसिमको सम्बन्ध नरहेको जानकारी गराउँछौं ।’

विज्ञप्तिमा मदन राईले किशोर किशोरीसँग गरेको दुर्व्यवहार निन्दनीय भएको जनाएको छ । उनलाई कानुन बमोजिम कारबाही हुनुपर्छ भन्नेमा पार्टीले माग राखेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार