काठमाडौं । मिटरब्याजीहरुकाे हैरानीबाट पीडितहरुकाे पटक पटककाे प्रदर्शन र काठमाडौं केन्द्रित आन्दाेलनपछि सरकार यसतर्फ गम्भीर भएकाे छ । यस सन्दर्भमा सरकारले ऐनलाई संशोधन गरेर मिटरब्याज उठाउने व्यक्तिलाई ७ वर्षसम्मको जेल सजाय हुने कानुनी व्यवस्था गरेको छ ।
सरकारले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश राजपत्रमा प्रकाशन गरेर मिटरब्याजीलाई ७ वर्षसम्म कैद र रुपयाँ ७० हजारसम्म जरिवानाकाे व्यवस्था गरिएको छ। सरकारले मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (क) थप नयाँ प्राबधान राख्दै सजाय बढाएको छ।
संशोधित कानुन लागु भएपछि त्यसअघि गरिएकाे कारोबारका बारेमा रकम लिनेहरुलाई तनाब दिने मिटरब्याजीहरुलाई ७ वर्षकाे जेल सजाय र रुपैयाँ ७० हजारसम्मकाे जरिवाना हुनेछ ।
यस्तो छ अध्यादेश
फेसबुक प्रतिक्रियाहरु