बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • सिन्धुलीको फिक्कल गाउँपालिका कुइभिरडाँडामा बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गयाे
Breaking News

सिन्धुलीको फिक्कल गाउँपालिका कुइभिरडाँडामा बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गयाे

काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरडाँडामा बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् । ओखलढुङ्गाबाट काठमाडौं आउदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ‘ब्रेक’ फेल भएर दुर्घटना भएको हो । प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले दुर्घटनामा दुई जना महिला, दुई जना पुरुष र एक जना बालकको ज्यान गएको जानकारी दिए ।

घाइतेहरुलाई खुर्कोट अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार