काठमाडौं । नेपाल आईसीसी विश्व कप क्रिकेट लिग–२ को पाँचौँ स्थानमा उक्लिएको छ । आज सोमवार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा यूएईलाई ४२ रनले हराउँदै नेपाल लिग–२ को पाँचौँ स्थानमा उक्लिएको हो । नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा १ सय ८७ रनमै अलआउट भयो । यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनायो ।
फेसबुक प्रतिक्रियाहरु