बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राष्ट्रपतिको चुनावका लागि संघीय संसदका ३ सय ३१ सांसद र प्रदेश सभाका ५ बढी सदस्यले मतदान गर्ने
समाचार

राष्ट्रपतिको चुनावका लागि संघीय संसदका ३ सय ३१ सांसद र प्रदेश सभाका ५ बढी सदस्यले मतदान गर्ने

काठमाडौं । राष्ट्रपतिको चुनावका लागि संघीय संसदका ३ सय ३१ सांसद र प्रदेश सभाका ५ सय ५० सदस्यले मतदान गर्ने भएका छन् । निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरले राष्ट्रपति चुनावका लागि आज नामावली सार्वजनिक गरेको हो । संघीय संसदका ३ सय ३४ सांसदमध्ये चितवन–२ रिक्त रहेको छ । त्यस्तै निलम्बित सांसद टेकबहादुर गुरुङले पनि मतदान गर्न नपाउने भएका छन् ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरीको नाम पनि राष्ट्रपति चुनावको मतदाता नामावलीमा समावेश छैन । फरार सूचीमा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको नाम भने मतदाता नामावलीमा समावेश छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार