बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा आज सोमवार सुनुवाइ हुँदै
Breaking News

चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा आज सोमवार सुनुवाइ हुँदै

कैलाली । सांसद अरुणकुमार चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा आज सोमवार सुनुवाइ हुँदै छ। आइतवार उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश रिट दर्ता भएको थियो। १९ माघमा बाँकेको चिसापानीबाट लुम्बिनी प्रदेश प्रहरीले पक्राउ गरेर २० गते चौधरीलाई जिल्ला अदालत पेश गरिएको थियो।

सोही दिन अदालतले चौधरीलाई कारागार चलान गरेको थियो। आइतवार उच्च अदालतमा जिल्ला अदालतको फैसला बदर गर्न र धरौटी राखेर रिहा गर्न माग गर्दै रिट दर्ता गरिएको थियो। सोमवार १ नम्बरमा रहेको उक्त रिटमा सुनुवाइ हुने छ। अरुण चौधरीलाई रिहाइको माग गर्दै गजेन्द्र केसी, गम्भीर सिंह ऐरले र सरोज बुढाथोकीले बहस गर्ने छन्। २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो।

सोही मुद्दामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित पर्सराम चौधरी र वीर बहादुर चौधरीलाई जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। चौधरी गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार