बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • पश्चिमी वायु सक्रिय नहुदा तत्काल पानी नपर्ने
समाचार

पश्चिमी वायु सक्रिय नहुदा तत्काल पानी नपर्ने

काठमाडपश्चिमी वायु सक्रिय नहुँदा यसपालि हिउँदयामको अन्तिमतिर आइपुग्दा समेत जमिन भिज्ने गरी वर्षा हुन सकेको छैन । यस्तै, यसपालि हिमपातसमेत राम्ररी हुन सकेको छैन । केही दिनअघि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परे पनि अन्य क्षेत्रमा पानी पर्न सकेको छैन । त्यतिबेला पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको थियो । केही दिनयता पनि पश्चिमी वायुको प्रभाव पर्न थालेको छ । यसकै प्रभावका कारण हिमाली जिल्लामा हल्का हिमपात हुने अनुमान गरिएको छ ।

पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्यबदली भइरहेको छ भने तराईका जिल्लामा हुस्सु कुहिरो लाग्दै आएको छ । तर, मौसम बदली भइरहे पनि पश्चिमी वायु सक्रिय नभइदिँदा पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनकारी दिए । उनका अनुसार तत्काललाई पानी पर्ने सम्भावना पनि छैन । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई हिउँदयाम मानिन्छ । हिउँदको पहिलो महिना डिसेम्बर पानी नपरि बितेको थियो भने जनवरीमा पश्चिमका केही क्षेत्रमा हल्का वर्षा भएको थियो । तर, अहिले फेब्रुअरीको पहिलो हप्ता बित्न लागिसक्दा पनि पानी पर्न भने सकेको छैन ।

यस्तै आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली र हिमाली जिल्लामा हल्का हिमपात हुने अनुमान गरिएको छ । तराईका जिल्लामा भने बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ । तराईमा लागेको हुस्सु कुहिरो दिउँसो पछि हट्ने अनुमान गरिएको छ । बाक्लो हुस्सु कुहिरो लागेकाले गाडी चलाउँदा र यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार