शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • बहुविवाह गरेर १२ जना पुरुष र ६ जना महिला फरार
समाचार

बहुविवाह गरेर १२ जना पुरुष र ६ जना महिला फरार

काठमाडौं । सुदूरपश्चिम प्रदेशभित्र बहुविवाह गर्नेको संख्या बढेको छ। कानुनी रुपमा अपराध मानिएको बहुविवाह गरेर फरार हुनेको संख्या पनि बढ्दै गएको पाइएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार बहुविवाह गरेर १२ जना पुरुष र ६ जना महिला फरार छन्। डोटीमा बहुविवाह गरेर एक महिला र एक पुरुष फरार छन्। कञ्चनपुरमा ६ महिला र ९ जना पुरुष तथा कैलालीमा दुई जना पुरुष र एक जना महिला अझै फरार छन्।

कानुनतः बहुविवाहलाई अपराध मानिएको छ। घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गर्न नपाइने व्यवस्था छ। तर बहुविवाह गरेर फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।गत आर्थिक वर्ष २०७८÷७९ र चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म गरी १२ जना पुरुष र ६ महिला गरी १८ जना बहुविवाह गरेर अझै फरार छन्। फरार प्रतिवादीलाई प्रहरीले खोजी गरिरहेको छ। नयाँ कानुनमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान छ। यस्तै बहुविवाह गरेको ठहर भएमा एकदेखि तीन वर्षसम्मको जेल सजाय हुन सक्ने उल्लेख छ।

कानुनले बहुविवाह गरेको ठहर भएका व्यक्ति सरकारी जागरिका लागि समेत अयोग्य हुने स्पष्ट रूपमा उल्लेख गरेको छ। दोस्रो विवाह गरिएको थाहा भएको तीन महिनाभित्र उजुरी गर्नुपर्ने भन्ने पनि स्पष्ट उल्लेख गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार