शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सुदूरपश्चिम महोत्सवको अवधि तीन दिन थपियो
समाचार

सुदूरपश्चिम महोत्सवको अवधि तीन दिन थपियो

कैलाली । सुदूरपश्चिम महोत्सवको अवधि तीन दिन थपिएको छ। मङ्सिर २२ गते देखी पुष २ गते सम्म सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवको अवधि ३ दिन थपीएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवमा दर्शकहरूको सहभागिता बढेको र माग अनुसार महोत्सवको अवधि ३ दिन थप भएको आयोजकले जनाएको छ।

पत्रकार सम्मेलन गर्दे कैलाली उद्योग वाणिज्य सघंले महोत्सव पुष ५ गते सम्म सञ्चालन हुने जानकारी गराएको हो। सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कला संस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार