शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समानुपातिक सांसदको सूची समावेशी समूह बमोजिम सच्याउन निर्वाचन आयोगकाे पत्राचार
समाचार

समानुपातिक सांसदको सूची समावेशी समूह बमोजिम सच्याउन निर्वाचन आयोगकाे पत्राचार

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूबाट बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदको नामावलीलाई समावेशी समूह बमोजिम सच्याएर पठाउन पत्राचार गरेको छ । आयोगले दुई दिनको समयसहित आज आइतवार पत्राचार गरेको हो । ती दलहरूले यही मङ्सिर २६ गते सोमवार बेलुकी ४ बजेसम्म सच्याइएको सूची बुझाउनुर्नेछ ।

प्रतिनिधि सभातर्फको नाम सिफारिस गर्न यही मङ्सिर २४ गते ४ बजेसम्म समय दिइएकामा दलहरूले नमावली सिफारिस गरेका थिए । पेस भएकामध्ये कतिपय दलले समावेशी समूहबाट उपयुक्त प्रतिनिधित्व नगराएको, कतिपय दलले प्राप्त स्थानभन्दा बढी स्थानमा सिफारिस गरेको पाइएको छ । नामावली सच्चिएर प्रतिनिधित्व भइ आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने समानुपातिक प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावअन्तर्गत समानुपातिक प्रणालीतर्फ मतगणना सकिएपछि आयोगले यही मङ्सिर २२ गते’थ्रेसहोल्डु ‘कटाउने दलहरूलाई बन्दसूचीमा समावेश समावेशी समूह मिलाएर नाम पठाउन पत्राचार गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार