बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • भारतले एकतर्फी हिसाबले गरेको तटबन्धका कारण नेपालतर्फ मोडिएको महाकाली नदी पुनः आफ्नै धारमा फर्काइने
समाचार

भारतले एकतर्फी हिसाबले गरेको तटबन्धका कारण नेपालतर्फ मोडिएको महाकाली नदी पुनः आफ्नै धारमा फर्काइने

काठमाडौं । दार्चुलास्थित महाकाली नदी पारी भारतले एकतर्फी हिसाबले गरेको तटबन्धका कारण नेपालतर्फ मोडिएको नदी पुनः आफ्नै धारमा फर्काइने भएको छ। विवादित क्षेत्रमा तत्काल काम पनि शुरु नगर्ने सहमति बनेको छ। भारतीय पक्षले एकतर्फी तटबन्ध निर्माण गरेपछि भएको विवाद समाधानका लागि नेपाल र भारतीय प्रशासनबीच भएको छलफलमा १० दिनभित्र नदीलाई बीचमा पार्ने सहमति भएको हो। आज भारतको धार्चुलामा भएको छलफलमा नेपालीको मागअनुसार नदीको बीचमा रहेका अस्थायी संरचना हटाउन १० दिनको समय दिइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले बताएकन छन् ।
नेपालतर्फ सोझिएको नदीको धार बीचमा पार्ने, अत्यावश्यक बाहेकका अस्थायी डाइभर्सन, संरचना तत्काल हटाउने, यसका लागि भारतीय जनशक्ति नै परिचालन गर्ने सहमति बनेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए।

तोकिएको समय १० दिनमा सहमतिअनुसार काम गरे नगरेको अवस्था हेरी पुनः भारतीय प्रशासनसँग छलफल अघि बढाइने उनले बताए। नेपालसँग विनाछलफल एकतर्फी रूपमा निर्माण गरिरहेको भारतीय पक्ष चौतर्फी दबाबपछि वार्तामा बस्न सहमत भएको थियो। नेपाल सरकारले कूटनीतिक नोट पठाएपछि भारतीय अधिकारीले हिजो महाकाली नदी क्षेत्रमा भइरहेको तटबन्ध निर्माणको कामको अनुगमन पनि गरेका थिए।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार