बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • शनिबार बाजुरमा पुनः मतदान हुँदै
समाचार

शनिबार बाजुरमा पुनः मतदान हुँदै

बजुरा । शनिबार बाजुरमा पुनः मतदान हुँदैछ। मङ्सिर ४ गते स्थगित भएको बाजुराको बुढीनन्दा नगरपालिका–५ मा पुनः मतदान भइरहेको हो। स्थगित भएको मतदान केन्द्र नन्देश्वरी मावि पीपलचोक मतदान केन्द्रमा आज बिहान ७ बजेबाट मतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

त्यस्तै, बाजुराका अन्य २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी परेको छ। विवादित बनेको बुढीगंगा, बुढीनन्दा, त्रिवेणी नगरपालिका र गौमुल, जगन्नाथ, खप्तड छेडेदह, हिमाली, स्वामिकार्तिक खापर र जगन्नाथ गाउँपालिकाका २४ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने मागसहित उजुरी परेको छ। घटनाको वस्तुस्थिति बुझ्न निर्वाचन आयोगले सहसचिव तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय टोली बाजुरा पठाएको छ। टोलीले बुझाउने प्रतिवेदनका आधारमा आयोगले निर्णय लिने बताइएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार