शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • बझाङमा ऐन महरको अग्रता कायमै, साढे १३ सय मतले पछि परे भानुभक्त
Breaking News

बझाङमा ऐन महरको अग्रता कायमै, साढे १३ सय मतले पछि परे भानुभक्त

बझाङ । बझाङमा प्रतिनिधिसभा सदस्य उम्मेदवार भानुभक्त जोशी एमालेका उम्मेदवारभन्दा १ हजार ३४२ मतले पछि परेका छन् । एमालेका उम्मेदवार ऐनबहादुर महरले १३ हजार ४५० मत ल्याउँदा गठबन्धनका उम्मेदवार जोशीले १२ हजार १०८ मत ल्याएका हुन् ।

बझाङको प्रदेश सभा १ मा पनि कडा प्रतिष्पर्धा भएको छ । एमालेका उम्मेदवार अफिलाल ओखेडा र पृथ्वीबहादुर सिंहबीच प्रतिष्पर्धा भइरहेको छ । सुरूवाती चरणबाट अग्रता लिएका सिंहलाई ओखेडाले बीचमा पछि पारेका थिए भने अहिले फेरि सिंहले अग्रता लिएका छन् । ओखेडा १ हजार १७७ मतले पछि परेका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार ओखेडाले ८ हजार १९९ मत ल्याएका छन् भने सिंहले ९ हजार ३७६ मत ल्याएर अग्रता लिइरहेका छन् ।

यता प्रदेशसभा २ मा गठबन्धनले अग्रता लिइरहेको छ । एमालेका उम्मेदवार एलबी रावलले ५ हजार ३८० मत ल्याएका छन् भने भीम भण्डारीले ५ हजार ९५२ मत ल्याएर अग्रस्थानमा छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार