बिहिबार, अशोज ३, २०८१
Breaking News

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना मंगलबार अपराह्नबाट सुरू भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबार ८ ठाउँमा मतगणना भएको हो ।

बझाङबाट प्रतिनिधिसभा सदस्य पदका लागि ७ जनाको उम्मेदवारी रहेको छ । जसमा नेकपा एमालेबाट ऐनबहादुर महर उम्मेदवार रहेका छन् भने बाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा समाजवादीका भानुभक्त जोशी प्रतिस्पर्धामा छन् । त्यस्तै राप्रपाका विश्वप्रकाश जेठारा, राष्ट्रिय स्वतन्त्र पार्टी
प्रेमराज जोशी, जसपा नेपालका रामबहादुर जाग्री र दुई जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

स्वतन्त्र उम्मेदवारमा सूर्यमुखी फूल चुनाव चिह्न लिएर डम्मरबहादुर खड्का र सिरिन्ज चुनाव चिह्न लिएर रामचन्द्र राना उम्मेदवार रहेका छन् । त्यस्तै प्रदेशसभा सदस्य १ तर्फ बाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह, नेकपा एमालेबाट अफिलाल ओखेडा, राप्रपा नेपालका कर्णबहादुर खड्का तीर चिह्न लिएर चुनावमा प्रतिष्पर्धा गरिरहेका छन् भने राप्रपाका हरिलाल भट्टराई हलो चिह्न लिएर प्रतिष्पर्धा गरिरहेका छन् ।

प्रदेशसभा सदस्य २ बाट नेकपा एमालेका लालबहादुर (एलबी) रावल, बाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादीका नेता भीमबहादुर भण्डारी, राप्रपाका वीरेन्द्रबहादुर मल्ल र राप्रपा नेपालका कृष्णबहादुर सिंह चुनावमा प्रतिष्पर्धा गरिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार