बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुल्याे
Breaking News

बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुल्याे

बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुलेको छ। सोमबार बिहान पाटन नगरपालिका–४ थुममा प्रहरी चढेको से १ ज ८५४ नम्बरको भाडाको जिप दुर्घटनामा परेको थियो।

अहिलेसम्म उक्त जिपमा सवार तीन मृतकको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी चौकी धामीगाउँ बैतडीमा कार्यरत प्रहरी जवान रमेशसिंह साउद र तालिम केन्द्रमै कार्यरत अर्का जवान लोकबहादुर बाठामगरको मृत्यु भएको हो।

वदुर्घटनामा गम्भीर घाइते भएका प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी हवल्दार गणेश खड्का र जवान पुतली खड्कालगायतलाई हेलिकप्टरमार्फत थप उपचारका लागि नेपालगञ्जतर्फ लगिएको छ। मतपेटिका सदरमुकाम पुगाएर फर्कदै गरेको जिप दुर्घटनामा परेको थियो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार