शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • भूकम्प आएको बेला भाग्ने क्रममा लडेर एक पुरुषको ज्यान गयो
समाचार

भूकम्प आएको बेला भाग्ने क्रममा लडेर एक पुरुषको ज्यान गयो

बैतडी । बैतडीमा भूकम्प आएको बेला घर बाहिर भाग्ने क्रममा लडेर एक पुरुषको ज्यान गएको छ। शनिबार जिल्लाको डिलाशैनी गाउँपालिका १ सेल्तडाका ६६ वर्षीय हरि लुहारको ज्यान गएको हो।

उनी हिजो राति भूकम्पको धक्का महसुस भएका बेला भाग्ने क्रममा घरको सिँढीबाट लडेर घाइते भएका थिए। घाइते लुहारको राति ११ बजे ज्यान गएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।

यस्तै बैतडीका विभिन्न स्थानहरुमा भूकम्पका कारण घर तथा संरचनाहरु पनि चर्किएका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार