बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • मंगलबार मध्यरातिको भूकम्पपछि ३०० परकम्प
समाचार

मंगलबार मध्यरातिको भूकम्पपछि ३०० परकम्प

डोटी भूकम्पपछि त्यस आसपास क्षेत्रमा लगातार परकम्प गइरहेका छन्। आज बिहीबार बिहान १० बजेसम्म ३०० परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पछिल्लो पटक बिहान ५ बजेर १३ मिनेट जाँदा बाजुरामा केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको परकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए।                              यसअघि डोटीमा बुधबार बिहान सवा २ बजेतिर मानवीय क्षति हुने गरी ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पले घर भत्किंदा ६ जनाको मृत्यु भएको थियो भने ८ जना गम्भिर घाइते भएका छन्। घाइतेहरुको उपचार जारी छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार