बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • सुदूरपश्चिममा शक्तिशाली भूकम्प : डोटीमा ६ जनाको ज्यान गयो
Breaking News

सुदूरपश्चिममा शक्तिशाली भूकम्प : डोटीमा ६ जनाको ज्यान गयो

बझाङ । मंगलबार मध्यराति आएको शक्तिशाली भूकम्पले घर भत्किँदा ६ जनाको ज्यान गएको छ ।

डोटीको पूर्विचौकी गाउँपालिका ३ मा भूकम्प आउँदा ६ जनाको ज्यान गएको भन्ने खबर आएको गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । उनले भने, ‘६ जनाको ज्यान गएको भन्ने खबर आएको छ । हामी घटनास्थलमा जाँदैछौं । घरहरू त दर्जनभन्दा बढी भत्किएका छन् भन्ने छ । राति भएकोले सबै जानकारी आएको छैन ।,

यता बझाङमा पनि भूकम्पको धक्कापछि खुला ठाउँमा गएर जाग्राम बसेका छन् । मध्यराति २ बजे गहिरो निन्द्रामा भएको बेला एक्कासी भागाभाग भएको खप्तडछान्ना गाउँपालिका बझाङका स्थानीयले बताए । ‘हामी सुतेका थियौं, खप्तडछान्ना ५ कि लक्ष्मीदेवी जोशीले भनिन, निकै हल्लायो, बाहिर जाने अवस्था पनि रहेन । अहिले घर नजिकै खुला ठाउँमा आगो बालेर बसेका छौं । जोशीका अनुसार गाउँभरिका मानिस नै खेतमा बसेर सबै आगो बालेर बाहिर बसेका छन् । गोठमा बाँधेका वस्तुभाउ पनि बाहिर निकाल्ने तयारी गरेका थिए तर सबै जनाले केही हुँदैन भनेर गाइवस्तुलाई गोठमा नै छोडी आफुहरु आगो बालेर खेतमा बसेका जोशीले बताएकि छन् ।
पुराना घरहरू भत्किएका छन् भन्ने खबर आएको उनले बताइन । राति हुनाले केही जानकारी आउन नसकेको उनको भनाइछ ।

जिल्ला सदरमुकाम चैनपुर बझाङमा पनि दर्जनौं मान्छे सुदूरपश्चिमाञ्चल बोडिङ स्कुलको चौरमा भेला भएका छन् । भूकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज आसपास भूकम्पको केन्द्र भएर गएको छ । रातिको समय भएर क्षति के कति भयो भन्ने यकिन छैन । पछिल्लो समय सुदूरपश्चिममा पटक पटक धक्का महशुस भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार