शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सन्दीप लामिछानेविरुद्ध मुद्दा दायर
समाचार

सन्दीप लामिछानेविरुद्ध मुद्दा दायर

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । किशोरी बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध उक्त मुद्दा दायर गरिएको हो ।

मुद्दामाथि मंगलबारदेखि थुनछेक बहस हुनेछ । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद हुनुपर्ने माग गरिएको छ । सरकारी वकिललाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सोही माग राखिएको थियो ।

प्रहरी हिरासतमा रहेका लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गरेका गर्दै आफू निर्दोष रहेको आफूले बलात्कार नगरेको बयान दिएका छन् । लामिछानेलाई नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि न्यायिक हिरासतमा राखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार