शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • एमालेका पुराना नेतासँग भिड्दै गठबन्धनका भण्डारी
Breaking News

एमालेका पुराना नेतासँग भिड्दै गठबन्धनका भण्डारी

बझाङ । बझाङमा एमालेका पुराना नेता हुन् एलबी रावल । करिब साढे ४ दशक पहिले नै राजनीतिमा होमिएका रावल आउँदो मंसिर ४ गते हुने प्रदेशसभा सदस्यका लागि गठबन्धनका भीम भण्डारीसँग प्रतिस्पर्धामा छन् ।
बाम(लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भण्डारी पहिलो पटक चुनाव लड्दैछन् भने उनी पाका नेता रावललाई हराउने दाउमा छन् । रावल पनि यस अघि गरेका कामहरू पूरा गर्नका लागि भए पनि जनताले जिताउन चाहेको बताउँछन् । चुनाव लड्न पहिलो पटक आए पनि मुलुककै राजनीति नजिकबाट नियालेका भण्डारी गठबन्धनबाट बलियो उम्मेदवारको रूपमा चिनिन्छन् । यता रावल आफ्नो क्षेत्रका विकासका हरेक गतिविधि गरेको हुँदा पनि उनलाई बलियो उम्मेदवारको रूपमा हेरिएको छ ।

को हुन् भीम भण्डारी ?

२०५३ सालमा विद्यार्थी राजनीतिबाट आएका भण्डारी अनेरास्ववियू हुँदै माओवादी केन्द्रमा लागेका हुन् । अनेरास्ववियुको गड्जेपानी माविको प्रारम्भिक कमिटीको अध्यक्ष बनेर राजनीतिक यात्रा सुरू गरेका भण्डारीले ०५४ सालमा एसएलसी पास गरेका हुन् ।

उच्च शिक्षाका लागि नेपालगञ्ज जाँदा महेन्द्र क्याम्पसको तत्कालीन एकाइ कमिटीको अध्यक्ष हँुदै बाँके जिल्लाको अनेरास्ववियूको सदस्य, त्यसपछि सचिव भएर बझाङ फर्किएका हुन् । बझाङ फर्किएपछि २०५८ सालमा नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धले गति लिइरहेको थियो । तत्कालीन माओवादीका बझाङ जिल्ला इन्चार्ज प्रशान्त र अनेरास्ववियूका तत्कालीन केन्द्रीय कमिटी सदस्य रमेश मल्लको नेतृत्वमा बझाङमा आएको टोलीले भण्डारीलाई अनेरास्ववियू क्रान्तिकारीको विद्यार्थी संगठनमा आवद्ध गराए ।

अनेरास्ववियू क्रान्तिकारीको पहिलो जिल्ला सम्मेलन नौविसको विसौनामा भएको थियो । त्यस कार्यक्रमबाट संविधान सभा सदस्य जनक बुढाको अध्यक्षतामा भण्डारी सचिव भएर काम गरे । पार्टीमा काम गर्दै गर्दा उनलाई जिल्ला कमिटी सदस्य, पार्टीको आयोजना महाधिवेसन कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, कार्यालय सचिवको जिम्मेवारी प्राप्त गरेका थिए ।माओवादी पार्टी विभाजन भएपछि कतिपय कार्यकर्ता बाबुराम, मोहन बैद्य त कोही प्रचण्डसँगै रहे । भण्डारी पनि प्रचण्डसँगै थिए । अहिले उनी सुदूरपश्चिम प्रदेश कमिटी सदस्यको रूपमा काम गरिरहेका छन् । भण्डारीले पार्टीमा बुद्धिजिवी संगठनको संयोजक भएर पनि काम गरे । जनमुक्ति सेनाको मोर्चा भएर पनि काम गरे ।

जनयुद्धकालमा भण्डारी अर्घाखाँची, पाल्पालगायतका जिल्लामा पार्टीका काम गरे । कुन बेलामा ज्यान गुमाउनुपर्ने हो भन्ने यकिन नभएका बेला शान्ति सम्झौतासम्मै उनी भूमिगत अवस्थामा विभिन्न जिल्लामा घुमिरहे ।जनयुद्धकालमा चिनियाँ सेनाद्वारा भण्डारी पक्राउसमेत परे । त्यस बेलामा माओवादीले तल्कोट माथिल्लो क्षेत्र, काँडा र धमेना गाविसको एउटै क्षेत्र बनाएको थियो । त्यसको इन्चार्ज पनि भण्डारी नै थिए । भूमिगत अवस्थामै उनीसहितको टोली ताक्लाकोट जाँदा सुराकीको आधारमा चिनियाँ सेनाले पक्राउ ग¥यो । दिनभर चिनियाँ सेनाको हिरासतमा बसेका भण्डारी धुलीका स्व. कर्मा तामाङ र बुडरको छिमेल लामाको सहयोगमा उनी त्यहाँबाट छुटे ।भण्डारीले पनि आफ्नो जित्ने आधार गठबन्धन नै देखेका छन् । गठबन्धनमा सबै दल मिलेर बहुमतको बराबरमा मत आउने भन्दै आफ्नो जित सुनिश्चित भएको उनले बताए । उनले आफ्नो जित्ने दोस्रो आधार आफ्नो व्यक्तित्वलाई देखाएका छन् । ‘सबै कुरामा मिलनसार, सबैका कुरा बुझ्ने, मिलाउन सजिलो हुने भएकोले पनि मलाई जनताले पत्याएका छन्,’ उनले भने ।

गठबन्धनमा पनि प्रदेशसभा निर्वाचन क्षेत्र १ भन्दा प्रदेशसभा २ निकै सुरक्षित क्षेत्र भएको हुँदा सजिलै जितिने उनले बताए । उनले भने, ‘पार्टी भित्रमा पनि मेरो विरूद्धमा जाने कोही छैनन् । सबै दलको पूर्ण समर्थन मेरै पक्षमा छ । मैले सके जतिको २ नम्बर क्षेत्रमा काम गरेको हुँदा जनताले मलाई समर्थन गरेका छन् । समाजको विकासका लागि मेरो योगदानलाई जनताले कदर गर्नेमा विश्वस्त छु ।’

को हुन् एलबी रावल ?

करिब साढे ४ दशकअघि राजनीति सुरू गरेका एलबी रावलको पहिलो राजनीतिक थलो थलारा मावि हो । २०३४ सालमा ८ कक्षा पढ्दै गर्दा थलारा माबिबाट अखिलमा आबद्ध भएका थिए ।थलाराको खोलीमा जनकराज जोशीले माक्स, लेनिन, स्टालिनलगायतका विभिन्न किताबहरूको पुस्तकालय राखेको बेला सोही पुस्तक पढेर कम्युनिष्ट पार्टीको संगठनमा लागेका थिए ।२०४४ सालमा जनपक्षिय उम्मेदवार भएर जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भएका रावल २०५४ मा नेकपाको तर्फबाट जिविस सदस्य भएका थिए । २०५१ सालमा नेकपा एमालेको ९ महिने सरकारले सुदूरपश्चिमबाट राष्टिूय सहकारी विकास बोर्डको सदस्यमा मनोनित गरेको थियो । २०७० सालको संविधान सभाको निर्वाचनमा रावल बझाङ क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।

२०३४ देखि ०३६ सालसम्म अनेरास्ववियूको विद्यार्थी नेता भएका रावल २०४७ सालमा नेकपा माले बझाङको संस्थापक जिल्ला कमिटीको सदस्य, २०५८ सालमा राष्टिूय प्रतिनिधि परिषद सदस्य, त्यसपछि अञ्चल कमिटी सदस्य, प्रदेश कमिटीको सदस्य हुँदै अहिले महाधिवेशनमा केन्द्रीय सल्लाहकार परिषदको सदस्य पदमा रहेर काम गरिरेका छन् ।

रावल जनताको सेवा गर्नलाई आफू राजनीति गरेको बताउँछन् । ‘देश र राज्यको विकासको लागि मैले राजनीति गरेको हुँ,’ उनले भने, ‘आजसम्म मलाई जनताले साथ सहयोग गरेकाले मैले उम्मेद्वारी पाएको हुँ । पार्टीले उम्मेदवार बनाएको ठाउँमा जनताले पनि जिताउँदै आएका छन् ।’ जिल्ला विकास समितिको सदस्य हुँदा जनताको हितमा काम गरेकोले अहिलेसम्म जनताले आफूलाई विश्वास गरेको उनले बताए । ‘जनतालाई विकास चाहिन्छ । त्यसका लागि मैले पदमा रहँदा वा नरहँदा पनि काम गरिरहेको हुन्छु ।’

उनले आफू कार्यकालमा रहँदा विकास निर्माणका धेरै कामहरू भएको बताए । ‘जिविसमा बझाङको क्षेत्र नम्बर ९ थलाराबाट क्षेत्रपाल हुँदा मैले ठिनालेकबाट दिपायल(चैनपुर(थलारा हुँदै दिपायल(चैनपुर सडकको सिलान्यास गरेको थिएँ ।’ उनले २०७० मा निर्वाचित भएपछि सेती नदी तर्ने पहिलो पुल निर्माण, सेती नदी र कालंगालगायतका नदीहरूमा १० ओटा पुलहरूको डीपीआर तयार भएर निर्माणको सुरूवात, २ नम्बरका प्रत्येक गाउँपालिकामा छुने केन्द्रीय स्तरका सडकहरू निर्माण गरेको र केही निर्माणाधीनको अवस्थामा रहेको उनले बताए । भारतको उत्तराखण्डसँग जोडिने अन्तर्राष्ट्रिय मार्गको रूपमा त्यसलाई चाहिने केन्द्रीय सहायक राजमार्ग स्थापित गरेर डीपीआर गरेर त्यसमा १ अर्ब ४० करोड बिनियोजन गरेको उनले बताए । ‘चैनपुर(ताक्लाकोट सडक जो चाइनासम्म जोड्ने सडक हो, त्यसमा १ अर्ब रूपैयाँ हालेको छु । त्यसपछि ४० करोड हालेर चैनपुर ताक्लाकोट भनेर एउटा प्रोजेक्ट बनाएर १ अर्ब ४० करोडको ठेक्का गराएको छु,’ उनले भने ।

जिल्लाको बिभिन्न ठाउँमा सडक विस्तार गर्ने खाने पानी, मठमन्दिर, पर्यटन प्रवद्र्धन गर्ने लगायतका बिभिन्न क्षेत्रमा विकासका पूर्वाधार निर्माणमा गरेको हुँदा जनताले आफूलाई पत्याएको रावलले बताए । ‘२०७० सालमा म निर्वाचित भएपछि विकासको नयाँ खाका निर्माण गरेको थिएँ । त्यसलाई निरन्तरता दिन पनि बझाङी जनता मलाई जिताउन आतुर छन्,’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार