बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • आत्महत्याका घटनामा चेतनाको कमी
Breaking News

आत्महत्याका घटनामा चेतनाको कमी

बझाङ । पछिल्लो समय मुलुकमा आत्महत्याको ग्राफ जहिल्यै उकालो लागेको देखिन्छ । विगत तीन वर्षको तथ्यांक हेर्दा पनि वर्षेनी हजारौंको संख्यामा ज्यान गुमाउनेहरू छन् । दुर्गम पहाडि जिल्लामा पनि आत्महत्या गरेर ज्यान गुमाउनेहरू दर्जनौं भेटिन्छन् । जिल्ला प्रहरी कार्यालय बझाङकै तथ्यांक हेर्ने हो भने पनि वर्षमा दुई दर्जनभन्दा बढीले ज्यान गुमाएका छन् । त्यसमध्ये पनि महिला धेरै छन् ।
आत्महत्याको कारण भनेको पनि आर्थिक नै हो । आर्थिक अवस्था कमजोर भएपछि धेरै परिवारको विचल्ली हुने र पछिल्लो बाटो आत्महत्या केन्द्रित हुने गर्छ । प्रहरीको अनुसन्धानले पनि आत्महत्याका मुख्य कारण आर्थिक, घरेलु हिंसा, मानसिक समस्या, सौतेनी व्यवहार नै मुख्य देखिएका छन् । झुण्डिएर, हाम फालेर, पेट्रोल छर्केर, विष सेवन गरेर आत्महत्या जस्ता घटनाहरू हुने गरेका छन् ।

जिल्लामा यस्ता घटनाहरू दोहोरिरहँदा विभिन्न सरोकारवाला निकायहरू भने मौन जस्तै छन् । महिलाका क्षेत्रमा काम गर्ने महिला तथा बालबालिका कार्यालय, स्थानीय तह, महिला सेल, विभागलगायतका निकायले बढी घटना हुने क्षेत्रमा सन्देशमुलक कार्यक्रमहरू गर्नुपर्ने देखिन्छ । त्यसमा पनि गाउँमा मानसिक अवस्था कमजोर भएका, हिंसामा परिरहने, मदिरा सेवन गरिरहने व्यक्तिलाई निगरानीमा राखेर चेतनामुलक, प्रेरणादायी कुराहरू सिकाउँदा पनि उसको सोचाई निकै पर्न जान्छ ।

विकसित मुलुकमा आत्महत्याका घटनाहरू कम हुनुको कारण पनि मुलुकमा चेतना नै हो । सामान्य मानसिक अवस्था कमजोर भएका मानिसको नियमित चेकजाँच तथा सुधार केन्द्रमा राख्ने वातावरण बनाउँदा उनीहरूलाई सामाजिक रूपमा चल्न सहज हुन्छ । त्यस्तै हिंसामा पर्नेहरूलाई पनि सम्बन्धित निकायले समयमै चेतना भरेर समाजमा घटनाहरू न्यूनीकरण हुन्छन् । आर्थिक अवस्थाले निम्त्याउने आत्महत्याको बाटोलाई विकसित मुलुकसँग दाँज्न सकिँदैन । किनकी विकसित मुलुकले आफ्नै जनतामुखी कार्यक्रम तथा जनतालाई भार नपर्ने योजना ल्याएको हुन्छ । नेपालको सन्दर्भमा भने केही पीडकका कारण नोक्सानमा ऋणमा डुबेर उठ्न नसकिने भन्दै गलतबाटो अपनाउँछन् । त्यस्ता घटना न्यूनीकरणका लागि चेतनाको विकास हुनैपर्छ । त्यसमा सम्बन्धित निकायको ध्यान जाओस् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार