बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • चैनपुरमा सर्वाधिक धनराशिको भलिवल प्रतियोगिता हुँदै
समाचार

चैनपुरमा सर्वाधिक धनराशिको भलिवल प्रतियोगिता हुँदै

बझाङ। बझाङमा सुदूरपश्चिममा सबैभन्दा ठूलो भलिवल प्रतियोगिता हुने भएको छ । उद्योग वाणिज्य संघ बझाङले सुदूरपश्चिममा सबैभन्दा ठूलो धनराशिको भलिवल प्रतियोगिता गर्न लागेको हो ।

बझाङ उद्योग वाणिज्य संघ कप–२०८९ नाम राखिएको खुला भलिवल प्रतियोगितामा यसै असोज २३ गतेबाट हुने भएको हो । पूरुष र महिला दुबैतर्फ खेलाइने प्रतियोगितामा संघले पुरुष भलिवल प्रतियोगिता तर्फ प्रथम पुरस्कार १ लाख ३१ हजार १११ रुपैयाँ तोकेको छ भने द्धितीय ७५ हजार १११, तृतीय ५१ हजार १११ र सान्त्वना ११ हजार १११ रुपैयाँ तोकिएको उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए ।

महिला भलिवलतर्फ प्रथम पुरस्कार ५१ हजार १११ रुपैयाँ, द्धितीय ३१ हजार १११, तृतीय २१ हजार १११ र सान्त्वना ५ हजार १११ रुपैयाँ तोकेको छ । पूरूष भलिवलका लागि टिम दर्ता शुल्क ७ हजार तोकिएको छ भने महिलाका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको अध्यक्ष सुर्मेलीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार