बिहिबार, अशोज ३, २०८१
Breaking News

बझाङमा दुई मतदानस्थल थप

बझाङ । बझाङमा दुई मतदानस्थल थप भएका छन् । जिल्लाको छबिसपाथिभेरा र केदारस्यूँ गाउँपालिकामा मतदानस्थल थप भएका हुन् । छबिसपाथिभेरा गाउँपालिका– ५ मा रहेको शान्ति माविको मतदान केन्द्रलाई विभाजन गरेर चन्द्रोदय मावि खतेडामा (नयाँ मतदान केन्द्र) थप गरिएको जिल्ला निर्वाचन अधिकृत विमलप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार केदारस्यूँ–४ मा पनि मतखान केन्द्र विभाजन गरिएको छ । जगन्नाथ माविको मतदान केन्द्र विभाजन गरेर नयाँ मतदानस्थल शिक्षोदय मावि बागथलामा तोकिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार