बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • निजामती कर्मचारी संगठन बझाङद्वारा संविधान दिवसको पूर्व सन्ध्यामा दिप प्रज्वलन
Breaking News

निजामती कर्मचारी संगठन बझाङद्वारा संविधान दिवसको पूर्व सन्ध्यामा दिप प्रज्वलन

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङले संविधान दिवसको पूर्व सन्ध्यामा दिप प्रज्वलन गरेको छ । आइतबार नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अध्यक्ष दिनेश धामीको अध्यक्षतामा सदरमुकाम चैनपुरको लोकतान्त्रिक चोकमा दिप प्रज्वलन कार्यक्रम गरेको हो ।

नेपालको संविधानको बारेमा बताउदै संगठनका अध्यक्ष धामीले समाज र देश रुपान्तरण, जनताको हकहितको लागि र जनमैत्री नेपालको संविधान २०७२ धेरै जसोले आफ्नो बलिदान,ज्यान आहुती दिएर आर्जन गरेको संविधानलाई सम्मान गरेर राख्नुपर्ने बताए । नागरिकले मौलिक अधिकार मात्र नखोजेर कर्तव्य पनि निर्बाह गर्नुपर्ने र देश, राष्ट्र, सार्वभौमसत्ता राष्ट्रिय अखण्डता , संविधान जोगाउन सबै नागरिकले बलिदान दिन तयार हुनुर्ने उनको भनाइ छ ।

साथै संबिधानले सबै नागरीकलाई समान हक, अधिकार र अवसरको व्यबस्था गरेकाले यो संबिधान उत्कृष्ट भएको अध्यक्ष धामीले बताउनुभयो । सँगठनका जिल्ला कार्य समिती सचिब मुकेश थापाले कार्यक्रम सँचालन गर्नुभएको थियो । उक्त दिप प्रज्वलन कार्यक्रममा निजामती कर्मचारी संगठन जिल्ला कार्यसमितिका सचीव मुकेश कुमार थापा निजामती कर्मचारी संगठन समितीमा आबद्ध कर्मचारी, सुरक्षाकर्मी,सञ्चारकर्मी, नागरिक समाजका अगुवा लगायतको उपस्थिति रहेको थियोे ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार