बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
समाचार

प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटार देउवा र ओलीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनीहरुबीच नागरिकता विधेयक र प्रतिनिधिसभा बैठक प्रस्तुत भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९’ र आसन्न निर्वाचनका बारेमा छलफल भएको हो।

पछिल्लो समय सरकारका कामप्रति एमाले असन्तुष्ट रहँदै आएको छ। अध्यक्ष ओलीले सरकारले संसदमा टेबुल गरेको प्रस्तुत गरेको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक च्यात्नु पर्ने अवस्था नआओस भन्दै चेतावनी दिँदै आएका छन्। ओलीले नागरिकता विधेयकमा राष्ट्रपतिले दिएको सुझाबलाई नसमेटेर हतार हतार पास गरेर राष्ट्रियसभामा पठाएकोमा पनि आपत्ति जनाएका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार