बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • आइएमई लाइफ इन्स्योरेन्सको बिजनेश एक्सिलेन्स अवार्ड गोविन्द जोशीलाई
Breaking News

आइएमई लाइफ इन्स्योरेन्सको बिजनेश एक्सिलेन्स अवार्ड गोविन्द जोशीलाई

काठमाडौं । आइएमई लाइफको सबैभन्दा उत्कृष्ट एजेन्सी गोविन्द जोशी बन्न सफल भएका छन् । कम्पनीले शनिबार काठमाडौंमा आयोजना गरेको बिजनेश एक्सिलेन्स अवार्ड समारोहमा आईएमई लाइफमा सबैभन्दा उत्कृष्ट व्यवसाय गर्न सफल गोबिन्द जोशी सहितका अन्य विधामा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको महाराजगन्ज शाखाबाट काम गर्दै आएका जोशी नेपाल प्रथम घोषित भएका छन् । कम्पनीमा कार्यरत ३० हजारभन्दा बढि अभिकर्ताहरुबाट जोशी सबैभन्दा बढी व्यवसाय गरी उत्कृष्ट बन्न सफल भएका हुन् । सिटिजन लाइफबाट बीमा व्यवसाय सुरु गरेका जोशी चार वर्षअघि आईएमई लाइफमा प्रवेश गरेका थिए । बीमा अभिकर्ताहरुलाई कार्यक्षेत्रमा खटिन प्रोत्साहन गर्ने कौशलतायुक्त जोशले काठमाडौंमा रहेर देशका विभिन्न स्थानमा आफू मातहत अभिकर्ताहरुको नेतृत्व विकास गरी सो लक्ष्य भेट्टाउन सफल भएका हुन् । उनले गत आर्थिक वर्षमा अधिकतम् बीमा व्यवसाय गरेर उक्त लक्ष्य भेट्टाउन सफल भएका हुन् ।

कम्पनीले जोशीलाई नेपाल टपर पदकसहित सम्मान गरेको छ । कम्पनीबाट सम्मानित भएपछि कम्पनीको तर्फबाट प्राप्त सही दिशानिर्देशले यस ठाउँमा आईपुगेको जोशी बताउछन् । जोशीले अगाडि थपे, ‘आम सर्वसाधारणले गरेको विश्वासले आफू यस ठाउँमा आइपुगेको र सहयोग गर्ने सबैमा कृतज्ञता ज्ञापन गरेका छन् ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार