बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • नेपालका कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ : माधव कुमार नेपाल
समाचार

नेपालका कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ : माधव कुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालका कम्युनिष्ट पार्टीबीच एकता आवश्यकता भएको बताएका छन्। पार्टीनिकट उपत्यका युवा बिशेष जिल्ला कमिटीको कार्यक्रममा सम्बोधन गर्दै उनले केपी ओलीले बनिसकेको कम्युनिष्ट पार्टीलाई भताभुङ्ग पारेको आरोप लगाए।

कम्युनिष्ट पार्टीको विकल्प नै नभएको उनको भनाई छ। उनले राजनीति नै चुनाव नभएकाले माध्यमको रुपमा लिनुपर्ने बताए। उनले जनतादेखि जनतासम्म पुग्नको लागि राजनीति गर्ने निर्देशन दिए। उनले आफ्नो साथ छाडेर एमालेमा रहेका (१० भाइ)नेताहरुको अहिले हरिबिजोग भइरहेको बताए।
एमालेका १० भाइप्रति कटाक्ष गर्दै उनले भने, ‘ओलीको सामू समर्पण गर्न नसकेर बाध्य भएर नयाँ पार्टी बनाएका छौँ, अहिले १० भाइको एमालेमा हरिबिजोग छ। हामीलाई त्यस्तो स्वीकार्य छैन। हामी चट्टानी अडानमा उभिएर नयाँ पुस्तालाई अगाडि बढायौँ। हामीले देशभर संगठन बनाएर पार्टीको उपस्थिती देखाइसकेका छौँ।’

उनले कम्युनिष्ट आन्दोलन र पार्टीहरूमा विकृति फैलिएको बताए। अहिले मबादी संस्कृति बढेकाले हामीवादी सोच नै हराइसकेको बताए। ‘सबैले मम भनेर आफैले सुधारेर अगाडि बढ्नुपर्छ। बाटो विराएको मान्छे जनताबाट अलग हुन्छ। अहिले ठुलो कुरा गर्ने तर पैसा देखेपछि लोभ गरिहाल्ने संस्कृति बढेको छ। त्यसैले नेताहरुबाटै भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा लाग्ने निर्णय गर्नुपर्छ। नेताले मात्रै होइन प्रधानमन्त्रीबाट पनि गर्नुपर्छ’ उनले भने, ‘नेता ठिक भइसकेपछि मात्रै अरु ठिक हुन्छ। नेता नै भ्रष्ट भएपछि अरुले टेर्न छाड्छन्। असल आदर्शमा लागे कसैले औँला उठाउन सक्दैन। नविराउनू नडराउनु।’

देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिए। अहिले आफनो पार्टीलाई स्थागित गराउन लगाउने बताए।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार