बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • सिट बाँडफाँट गर्न बनेको कार्यदललाई साझा धारणा तय गर्न शीर्ष नेताहरूको निर्देशन
समाचार

सिट बाँडफाँट गर्न बनेको कार्यदललाई साझा धारणा तय गर्न शीर्ष नेताहरूको निर्देशन

सत्ता गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँट गर्न बनेको कार्यदललाई नै त्यसबारे साझा धारणा तय गर्न निर्देशन दिएका छन् । केही बेरअघि प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका नेताहरूको बैठकले कार्यदललाई नै त्यसबारे साझा धारणा तय गर्न निर्देशन दिएको हो ।

बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरूलाई कार्यदलमा भएको छलफल र प्रगतिबारे जानकारी गराए र छलफलपछि शीर्ष नेताहरूले कार्यदलमै सिट बाँडफाँटको विषयमा साझा धारणा बनाउन निर्देशन दिएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले अब कार्यदलले चाँडो भन्दा चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने गरी छलफललाई अघि बढाउने बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार