बुधबार, अशोज ३०, २०८१
  • होमपेज
  • १ वर्षमा ८७३ अंकले घट्यो नेप्से
स्टक

१ वर्षमा ८७३ अंकले घट्यो नेप्से

काठमाडौं । एक वर्षको अवधिमा सेयर कारोबार मापक नेप्से परिसूचक ८७३ अंकले घटेको छ । चालू आर्थिक वर्षको सुरूदेखि अन्तिम कारोबार शुक्रबारसम्म नेप्से २ हजारको हाराहारीमा पुगेको हो ।

सेयर बजारमा उताबचढाब हुँदै २ हजारभन्दा ओरोलो लागेको बजार सुधार भएर २ हजारमाथि पुगेको नेप्सेले जनाएको छ ।

चालू आर्थिक वर्षको सुरुवातमा सेयर बजार परिसूचक २ हजार ८८३.३८ बिन्दुमा रहेको थियो भने गत भदौ २ गते नयाँ रेकर्ड कायम गरेर ३ हजार १९८.६ बिन्दुमा पुगेको थियो ।
चालू आर्थिक वर्षको अन्तिम कारोबार १ अर्ब ४५ करोडको मात्रै भएको छ । २३१ कम्पनीको ४० लाख ५१ हजार ७७१ कित्ता सेयर किनबेच भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार