शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सुनापती गाउँपालिकाले हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका आफ्नो क्षेत्रका नागरिकका परिवारलाई आर्थिक सहयोग गर्ने
समाचार

सुनापती गाउँपालिकाले हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका आफ्नो क्षेत्रका नागरिकका परिवारलाई आर्थिक सहयोग गर्ने

रामेछापको सुनापती गाउँपालिकाले हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका आफ्नो क्षेत्रका नागरिकका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।

बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई ३० हजार रुपैयाँका दरले दाहसंस्कार तथा काजकिरिया खर्च उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङले जानकारी दिए । उनले विज्ञप्ति निकालेर दुर्घटनाका कारण गाउँपालिका शोकमा रहेको बताए ।

हिजो बिहान सुनापती गाउँपालिकाबाट छुटेको बस खाँडादेवी गाउँपालिका वडा नम्बर १ मा दुर्घटना हुँदा सुनापती गाउँपालिकाका १० जनाकाे ज्यान गएकाे छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार