बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • मन्त्रिपरिषद पुनर्गठन : एकीकृत समाजवादीका मन्त्री हेरफेर
Breaking News

मन्त्रिपरिषद पुनर्गठन : एकीकृत समाजवादीका मन्त्री हेरफेर

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आइतबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै एकीकृत समाजवादीको मन्त्री हेरफेरको निर्णय कार्यान्वयन भएको हो ।

एकीकृत समाजवादीले ४ जना मन्त्री रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको थियो ।
स्वाथ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङलाई मन्त्री बनाउन सिफारिस गरेको एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरीलाई शहरी विकास मन्त्री, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

बरु फिर्ता बोलाइएका मन्त्रीहरूको सक्रियता भने अस्वभाविक रुपमा बढ्यो, पार्टी नै संकटमा देखियो । मुख्यगरी १० असारमा मन्त्री हेरफेर गर्ने पार्टी निर्णयप्रति असन्तुष्टि जनाउँदै संसदीय दलको बैठक माग गरिएपछि एकीकृत समाजवादी विभाजन नजिक पुगेको अनुमान गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार