बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ६२ करोड ५७ लाख ७२ हजार बजेट विनियोजन गरेको छ ।
प्रदेशसभा बुधबार आर्थिकमन्त्री कृष्णध्वज खड्काले प्रस्तुत गरेको बजेटमा चालू खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार (३१.२६ प्रतिशत) र पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार तथा ५७.४१ प्रतिशत विनियोजन गरिएको छ ।
वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदानमार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड १० लाख विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा ४० अर्ब ९५ करोडको बजेट छ ।
(पूर्णपाठसहित)
फेसबुक प्रतिक्रियाहरु