बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • जिसस बझाङको सदस्यमा २१ वर्षीया ताम्राकार
Breaking News

जिसस बझाङको सदस्यमा २१ वर्षीया ताम्राकार

बझाङ । बझाङको जिल्ला समन्वय समिति सदस्यमा २१ वर्षीया रिता ताम्राकार निर्विरोध निर्वाचित भएकी छन् । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी नेतृ ताम्राकार निर्वाचित भएकी हुन् । सोमबार नै उनले जिसस सदस्यको पदभारसमेत ग्रहण गरेकी हुन् ।

केदार मावि देउलिकोटबाट नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजनीतिमा प्रवेश गरेकी ताम्राकार गएको वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बुंगल नगरपालिकाको वडा नम्बर ९ बाट सबैभन्दा बढी मत ल्याएर विजयी भएकी हुन् ।

दलित महिला सदस्य हुँदै जिसस सदस्यमा निर्वाचित ताम्राकार समाज रुपान्तरण तथा युवाहरुको हितमा काम गर्ने बताउँछिन् । ‘स्थानीय तहमा विभेद व्याप्त छ । त्यसमाथि जातीय विभेद र महिला हिंसा झनै बढेको छ । त्यसलाई नियन्त्रण गर्न मैले आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्नेछु ।’

सामान्य परिवारबाट राजनीति सुरु गरेकी ताम्राकार परिवारको साथ पाएर अहिले जिसससम्म पुगेको स्मरण गर्छिन् । अहिले उनलाई पार्टीले वडा कमिटी सदस्यको जिम्मेवारी दिएको छ भने अहिले त्रिवेणी क्याम्पस विजगडामा स्नातक अध्ययन गरिरहेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार