बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • आयल निगमले इन्धनको मूल्य फेरि बढायो
अर्थ

आयल निगमले इन्धनको मूल्य फेरि बढायो

  नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी बढाएको हो । अन्तराष्ट्रिय बजारमा उच्च दरले मुल्य बृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाईए भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै निगम सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो ।
पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढेको आयल निगमले जनाएको छ । अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १६५ रुपैयाँ पुगेको छ ।एलपी ग्यास तथा हवाई इन्धनको मूल्य भने बढेको छैन । मूल्य समायोजनपछि पनि पेट्रोलमा २४ रुपैयाँ ७० पैसा तथा डिजेलमा १८ रुपैयाँ ०१ पैसा घाटा रहेको निगमको दाबी छ । मट्टिेतलमा भने प्रतिलिटर १७ रुपैयाँ ०१ पैसा नाफा छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार