बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • महादेव आविमा ‘विद्यालय स्वास्थ्य तथा पोषण’ सप्ताह
समाचार

महादेव आविमा ‘विद्यालय स्वास्थ्य तथा पोषण’ सप्ताह

बझाङ । दुर्गाथली गाउँपालिका-५ सैनमा रहेको महादेव आधारभूत विद्यालयमा स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम गरिएको छ ।

वडा नम्बर ५ का वडाध्यक्ष वकिल जप्रेलको प्रमुख आथित्यमा सञ्चालन भएको कार्यक्रममा ४ विद्यालय सहभागी भएको कार्यक्रमको सहजीकरण गर्ने संस्था एकीकृत विकास समाज नेपाल (आइडीएस) का जिल्ला संयोजक सुरेन्द्र जैरूले बताए ।

‘स्वस्थ जीवनका लागि सन्तुलित आहार, खाद्य तथा पोषण सुरक्षा जीवनको आधार’ भन्ने नाराका साथ सञ्चालन भएको कार्यक्रममा विभिन्न विद्यालयले स्वास्थ्य तथा पोषणसम्बन्धि सन्देशमुलक नृत्य प्रस्तुत गरेका थिए । संयोजक जैरूका अनुसार कार्यक्रम अमेरिकन दूताबास, यूएसडीए, विश्व खाद्य कार्यक्रम, आइडीएस नेपालले सहजीकरण गरेको थियो भने दुर्गाथली गाउँपालिकाले आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका वकिल जप्रेलले बालबालिकाको स्वास्थ्य सुधार गर्न अभिभावक तथा विद्यालय जिम्मेवार हुनुपर्ने बताए । उनले बालबालिकाको स्वास्थ्य तथा पोषणमा बाबलबालिकालाई अब्बल बनाउन वडा कार्यालयले सक्दो सहयोग गर्ने बताए । ‘बालबालिकालाई स्वस्थ राख्न नियमित स्वास्थ्य जाँच आवश्यक पर्छ,’ उनले भने, ‘बालबालिका भविष्यका कर्णधार भएको हुँदा उनीहरुको स्वास्थ्य सुधार गर्न सरकार, अभिभावक र विद्यालयको प्रमुख कर्तव्य हुन्छ । हामी हाम्रो तर्फबाट सहयोगमा पछि पर्ने छैनौं ।’

कार्यक्रममा सरस्वती आवि बुढामेल, जनसहयोग आवि गैरा, धलदेउ आवि दौला र महादेव आधारभूत विद्यालय सहभागी भएर सन्देशमुलक कार्यक्रम गरेको आइडीएस नेपालकी दुर्गाथली गाउँपालिका संयोजक लक्ष्मी पुजारा बुढाले बताइन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार