बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • निःशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था गर्ने अर्थमन्त्रीको घोषणा
अर्थ

निःशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था गर्ने अर्थमन्त्रीको घोषणा

काठमाडौं । सरकारले मिर्गौलाका बिरामीको निःशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाएको छ । आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निःशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

त्यस्तै सबै प्रादेशिक अस्पतालहरुमा डायलासिस सेवा उपलव्ध गराउन डायलासिस मेसिन खरिद गर्न २० करोड रुपैयाँ विनियोजन गरेको छ । विपन्न मिर्गौला रोगीहरुलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार